सैनिकद्वारा ब्रस्ट फायर गरी आत्महत्या « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सैनिकद्वारा ब्रस्ट फायर गरी आत्महत्या


प्रशासन विशेष ब्युरो

१९ फाल्गुन २०७५, आइतबार


सैनिक

काठमाडौँ । नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत प्यूठ चेतराज जोशीले आफ्नै हतियारले आफै‌लाई ब्रष्ट फायर गरी आत्महत्या गरेका छन् ।

डिउटीमा रहेका सैनिक जवान जोशीले शनिवार राती आफैँलाई गोली हानेका हुन्।

प्यूठ जोशीले आफूले बोकेको हतियारले आफैँलाई गोली हानेको खुल्न आएको सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले बताएका छन् ।

‘ब्रष्ट फायर हुँदा ६ राउन्ड गोली लागेको देखिन्छ,’ प्रवक्त्ता ढकालले भने, ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।’

डोटी स्थायी ठेगाना भएका जवान जोशीले अत्याधुनिक एम १६ राइफल आफ्नै छातीमा फायर खोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस