ओली र प्रचण्डले ओढाए अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ओली र प्रचण्डले ओढाए अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा


१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् ।

श्रद्धाञ्जलिका लागि अधिकारीको पार्थिव शरीर दिउँसो १२ बजेसम्म पार्टी कार्यालयमा राखिने जनाइएको छ । मध्याश्न १२ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

नेता भरतमोहन अधिकारीको निधनको शोकमा नेकपाले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

फागुन २३ गते नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय गरिएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस