२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्मीका बस्नेतलाई ‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि

अ+ अ-

काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् ।

कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए ।

आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौँ, सविन तामाङ छैटौँ र भीम गुरुङले सातौँ भए । उपाधिसँगै कृष्णले रु एक लाख २५ हजारसहित मोटरसाइकल प्राप्त गरे । दोस्रो भएका राजनले रु ६५ हजार र तेस्रो भएका नवराजले रु ३५ हजार प्राप्त गरे ।

हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै कल्याण बानियाँ पहिलो भए । उनले निर्धारित दूरी एक घण्टा छ मिनेट ३१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका गजेन्द्र राईले एक घण्टा छ मिनेट ३८ सेकेण्ड र तेस्रो भएका टीकाराज कटवालले एक घण्टा सात मिनेट २३ सेकेण्डमा दूरी पार गरे ।

महिलतर्फ आर्मीकी विश्वरुपमा बुढा पहिलो भइन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट २० सेकेण्डमा पार गरिन् । दोस्रो भएकी सशस्त्र प्रहरी बल ९एपिएफ०की बिन्दा देसारले निर्धारित दूरी एक घण्टा २६ मिनेट १२ सेकेण्डमा पार गर्दै दोस्रो र तेस्रो भएकी आर्मीकी चन्द्रा रावतले एक घण्टा २१ मिनेट ३२ सेकेण्डमा पार गरिन् ।

दुवै स्पर्धाका विजेताले रु ५० हजार, दोस्रो हुनेले रु ३५ हजार र तेस्रो हुनेले रु २५ हजार प्राप्त गरेका थिए । पैतालीस वर्षमाथिको खेलमा धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवाले तेस्रो स्थान हात पारे । विजेताले रु ४० हजार, दोस्रोले रु २५ हजार र तेस्रोले रु १५ हजार हात पारे । विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरेका थिए ।

म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई च्याम्पियन बनेका थिए । दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो संस्करणमा आर्मीकै कृष्णा बस्नेत च्याम्पियन बनेका थिए । योसँगै बस्नेत दोस्रो पटक उपाधि जित्न सफल भएका हुन् ।

सोही अवसरमा सेनाले आर्मीका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भण्डारी, पारा एथलेटिक्सका विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ थिए । उनीहरुलाई जनही रु २५ हजार ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

जङ्गी अड्डाबाट शुरु भएको दौड त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने हुँदै भक्तपुर सूर्यविनका पुगेर पुनः जङ्गी अड्डमै आएर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस