२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ सय महिला तथा बालबालिका बेपत्ता

अ+ अ-

पर्वत । विगत १७ महीनाको अवधिमा जिल्लाबाट १५४ महिला तथा बालबालिका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ९८ महिला तथा बालबालिका हराएका थिए । चालू आर्थिक वर्षको पहिलो सात महिनामा ५६ महिला तथा बालबालिका हराएका छन् ।

जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रममा वृद्धि हुँदै गएको छ । गत आवमा हराएका ९८ महिला तथा बालबालिकामध्ये १० जना सम्पर्कमा आएका छैनन् भने अन्य परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै चालू आवमा हालसम्म हराएका २८ महिलामध्ये १५ जना सम्पर्कमा आइसकेका छन् भने १३ जना अझै फेला परेका छैनन् । उक्त अवधिमा हराएका ४ बालक र २४ बालिका गरी २८ बालबालिकामध्ये दुई बालक फेला परेका छन् भने दुई अझै सम्पर्कमा आएका छैनन् ।

२४ बालिकामध्ये २२ बालिका सम्पर्कमा आएका छन् भने दुई जना अझै सम्पर्कमा नआएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । हराउने बालिकामध्ये कोहीले भागेर आफैँ बिहे गर्ने गरेको पाइएको छ ।

वर्तमान कानूनले १८ वर्ष उमेर समूहलाई बालबालिकाको सूचीमा राखिएको छ भने १८ वर्ष उमेर नपुग्दै प्रेम विवाह तथा भागी विवाह गर्ने गरेकाले हराएको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगले समेत बालिका प्रभावित बनेर परिवारलाई जानकारी नै नदिई घर छाडेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

हराएका महिलामध्ये पनि अधिकांश महिला श्रीमान् घरमा नभएको अवस्थामा दोस्रो विवाह गर्ने र सम्पर्कमा नआउने गरेका छन् । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश जाँदा घरमा रहेकी श्रीमती अर्कै पुरुषसँग सम्बन्ध बढाएर गएकोसमेत प्रहरीको तथ्याङ्क छ ।

प्रहरीले उजूरी प्राप्त हुनासाथ मातहतका सबै प्रहरी युनिटमा सर्कुलर गर्ने र हराएका तथा हराएर फेला परेका व्यक्ति अद्यावधिक गर्ने कार्य शुरु गरेको छ ।

विगतका वर्षमा प्रहरीमा हराएको मात्रै उजूरी पर्ने तर फेला परेपछि कुनै जानकारी प्राप्त नहुने भएपछि तथ्याङ्क अद्यावधिक हुन समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

हराएपछि खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि फेला परेपछि धेरैले जानकारी नगराएकाले अहिले हराएर फेला परेका व्यक्तिको मुचुल्का नै तयार गरेर परिवारलाई जिम्मा लगाउने र तथ्याङ्क पुनरावलोकन गर्ने गरेको उनले बताए ।