सुकेटार विमानस्थलमा भारी हिमपात, अझै केहीघण्टा उडान हुन नसक्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुकेटार विमानस्थलमा भारी हिमपात, अझै केहीघण्टा उडान हुन नसक्ने


१६ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा हिमपातका कारण उडामा अवरोध भएको छ ।

विमानस्थलमा बाक्लो हिमपातका कारण दुर्घटनामा मृत्यु भएकाको शव लिएर काठमाडौं आउने हेलिकोप्टर उड्न सकेको छैन ।

बाक्लो हिमपात र हावाहुरीका कारण हेलिकोप्टर उड्न नसक्ने अवस्था रहेको बताइएको छ ।  अझै केहीघण्टा उडान हुन नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

बिहान साढे ६ बजे नै तारेभीरबाट बाँकी रहेका तीनवटा शव नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थलमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस