महिलाहरुको न्यायमा पहुँच हुन जरुरी छ : डा.राणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिलाहरुको न्यायमा पहुँच हुन जरुरी छ : डा.राणा


१६ फाल्गुन २०७५, बिहिबार


डोटी । ग्रामीण महिला विकास तथा एकता केन्द्रकी केन्द्रीय अध्यक्ष डाक्टर माधबी सिंह राणाले महिलाहरुको न्यायमा पहुँच हुन जरुरी रहेको बताएकी छन् ।

संकल्पको सहयोमा ग्रामीण महिला विकास तथा र केन्द्र डोटीले शिखर नगरपालिकामा बुधबार गरेको सामाजिक अभियानकर्ताहरुका काम तथा भूमिकालाई निरन्तरता दिन स्थानीय निकायलाई हस्तान्तरण कार्यक्रममा बोल्दै डा. राणाले सो कुरामा जोड दिएकी हुन् ।

उनले पछील्लो समयमा विभिन्न गैरसरकारी संस्था तथा सरकारी संस्थाका विभिन्न ताालिम गोष्ठीहरुका कारण महिलाहरु नेतृत्व तहमा पुग्न त सफल भएका तर अहिले पनि महिलाहरुले न्यायीक अधिकार नपाएको बताइन् ।

महेन्द्रनगरमा भएको निमर्ला पन्तको बलत्कार पछी हत्याको घटना लामो समयसम्म पनि न्याय नपाउनु दुखद भएको समेत बताईन् । महिलाहरु क्षमता विकास र जनचेतनाको क्षेत्रमा सोचे भन्दा बढी अग्रसर भईसकेका शिखरनगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा महिलाहरु सक्रिय रहेको र नेतृत्व तहमा पुग्न सफल भएको बताउँदै महिलाहरुको समग्र पक्षको विकास गर्न नगरपालिका अग्रंसर रहेको बताए ।

सामाजिक कूरितिहरुको अन्य गर्न नगरपालिकाले पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको समेत नगर प्रमुख जोशीले बताए । महिलाहरुको शसक्तीकरण, क्षमता अभिवृृद्धी र नेतृत्व विकासमा आउादा आर्थिक वर्षमा नगरपालिकाले थप बजेटको ब्यवस्थापन गर्ने समेत प्रतिवद्धता जनाए ।

संकल्प परियोजनाले शान्ति न्याय र लोकतन्त्रका लागि महिला संजाल गठन गरी विभिन्न जनचेतनामुलक महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आईरहेका रुडुक डोटीकी फोकल पर्सन लक्ष्मी देउवा बमले बताईन् । उनले भनीन््,‘हामीले गाउँगाउँ र टोलटोलमा सामाजिक अभियानकर्ता उत्पादन गरी तिनीहरुको क्षमता विकासका साथै विभिन्न जनचेतनामुलक, सामाजिक सेवामुलक कार्यमा पनि सहयोग गर्दै आईरहेका छौं । हामीले उत्पादन गरेका सामाजिक अभियानकर्ता हाम्रै अगाडि शिखर नगरपालिकाका उप प्रमुख भएका छन,् अन्य स्थानीय तहमा पनि जनप्रतिनिधि हुन सफल भएका समेत बताईन् ।

संकल्प परियोजनाले डोटी जिल्लाको जोरायल गाउँपालिका र शिखर नगरपालिकाका विभिन्न वडाहरुमा काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस