प्रधानाध्यापक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानाध्यापक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष


१६ फाल्गुन २०७५, बिहिबार


मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् ।

गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ । गत मङ्सिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष बनाइएको स्रोतव्यक्ति भरत नेपाल बताउँछन् । “व्यावहारिक कुरालाई ध्यानमा राखेर तीन महीनाभित्र प्रधानाध्यापकबाट राजीनामा दिने शर्तमा अध्यक्ष बनाइएको हो”, स्रोतव्यक्ति नेपालले भने ।

प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरी चैतमा राजीनामा दिने बताउँछन् । गाउँपालिका शिक्षा शाखाका संयोजक खेतनाथ घिमिरेले कानूनविपरीतको काम भएको स्वीकार गर्दै अबका केही दिनमा राजीनामा नदिए पद कायम नराखिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस