विमानस्थलमै सुरक्षा समिति बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विमानस्थलमै सुरक्षा समिति बैठक जारी


१६ फाल्गुन २०७५, बिहिबार


सुकेटार । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौं पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै सुरक्षा समितिको बैठक बसिरहेको छ ।

आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए। उनले अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौं पाठाइने बताए।

विमानस्थलको मौसममा अझै सुधार नआएको र हिउँ परिरहेको उनले बताए ।  उनले भने, ‘ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।’

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस