काठमाडौँ । बुधवार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको उद्धारकाक्रममा घटनास्थल पुगेका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए ।







