एयरपोर्ट निरीक्षणका लागि उडेका मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एयरपोर्ट निरीक्षणका लागि उडेका मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना


प्रशासन विशेष ब्युरो

१५ फाल्गुन २०७५, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

एयरपोर्ट निरीक्षणका लागि उनी त्यसतर्फ लागेका थिए ।

तेह्रथुमको अठराई गाउँपालिका स्थित चुहानडाँडामा निर्माण गर्न लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसीसहित ६ जना सवार रहेका थिए । मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस