नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता पक्राउ


प्रशासन संवाददाता

१५ फाल्गुन २०७५, बुधबार


मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् ।

मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक कार्यक्रमबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए

केही दिनयता विभिन्न ठाउँमा भएका विष्फोटको जिम्मा चन्द नेतृत्वको पार्टीले लिएसँगै प्रहरीले उनीहरूमाथि निगरानी बढाएको उनले बताए ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले सार्वजनिक शान्ति सुरक्षाविरूद्धको कसुरमा मुद्दा दायर गर्ने उपरीक्षक श्रेष्ठले बताए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस