राष्ट्रसंघीय कार्यक्रमलाई सम्वोधन गर्न राष्ट्रपतिको अमेरिका भ्रमण तय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रसंघीय कार्यक्रमलाई सम्वोधन गर्न राष्ट्रपतिको अमेरिका भ्रमण तय


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको अमेरिका भ्रमण तय भएको छ । संयुक्त राष्ट्रसंघको महिला सम्बन्धी उच्च आयोगको सम्मेलर्न (कमिसन अन द स्टाटस अफ वमेन)को ६३ औं सेसनमा भाग लिन राष्ट्रपति भण्डारी न्युयोर्क जाने तयारी भएको हो ।

मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने ६३ औं सेसनमा सहभागी हुन राष्ट्रपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको बताइएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जेनेभाबाट फर्किएपछि राष्ट्रपतिको भ्रमण कार्यक्रम तय हुने स्रोतले जनाएको छ ।

राष्ट्रपतिसँग महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की लगायत भ्रमण दलमा सामेल हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस