नख्खु बमकाण्डमा विप्लवका पूर्व अङ्गरक्षक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नख्खु बमकाण्डमा विप्लवका पूर्व अङ्गरक्षक पक्राउ


प्रशासन विशेष ब्युरो

१४ फाल्गुन २०७५, मंगलबार


विप्लव

काठमाडौँ । नख्खु बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्युरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नेपाल कम्युनिस्ट पार्टीका नेता भुजेललाई मङ्गलवार दिउँसो कलङ्कीबाट पक्राउ गरेको हो ।

शुक्रवार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विस्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।

प्रहरी अधिकारीका अनुसार नख्खु विस्फोटका वेला उनी घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विस्फोट उनकै योजनामा भएको प्रहरी अधिकारीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस