२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्व महेन्द्रनारायण प्रजातान्त्रिक आन्दोलनकै ‘निधि’ : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताएकी छन् ।

महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औँ जन्मजयन्तीको अवसर पारेर आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासकै एक ‘निधि’का रुपमा रहेको भनेकी छन् ।

राष्ट्रपतिले भनिन्, ‘निधिले अङ्गालेका निष्ठाको राजनीति सबैका लागि स्मरणीय छ । अहिंसा, शान्ति, सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक अभियन्ता स्व निधि सदाचार जीवन र उच्च जीवनका अनुपम उदाहरण छन् ।’

स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘युग पुरुष’ भएको उल्लेख गर्दै उनले जनताको हकअधिकार प्राप्तिमा सधैँ अग्रपङ्क्तिमा रहेर लडेका निधिले प्राप्त प्रजातन्त्र, जनताको हकहितको संरक्षण एवं संवर्द्धनमा समेत आफूलाई समर्पित गरेको बताएकी छन् ।

राष्ट्रपतिले भनिन्, ‘पद र पार्टीभन्दा माथि देश र जनालाई ठूलो ठान्ने स्व निधिका मूल्यमान्यता अनुकरणीय र अनुसरणीय छ ।’ विचारअनुरसारको व्यवहार र वचनअनुसारको कर्मको विशिष्ट प्रतिबिम्बका रुपमा रहेका स्व निधिबाट अहिलेका राजनीतिक पुस्ताले समेत सिक्नुपर्ने बताइन् ।

राष्ट्रपतिले भनिन्, ‘सत्यको बाटोमा एक्लै भए पनि हिँड्ने निधिको स्वभाव र संघर्ष उनका उदाहरणीय पाठका रुपमा रहेको छ । पद क्षणिक हुन्छ तर प्रतिष्ठा हासिल गर्न लामो तपस्या, संघर्ष र सत्कर्मको खाँचो पर्दछ भन्ने निधिको आदर्श भावना मननयोग्य छ ।’

स्व निधिलाई प्रजातन्त्रिक आन्दोलनसँग जोड्ने राष्ट्रिय दृष्टिकोणको नेता र आम नेपालीको नेता भएको स्मरण गर्दै उनले राष्ट्रिय एकता र सद्भावको भावनालाई बलियो बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा खेलेका भूमिका वर्तमान र भविष्यका लागिसमेत सान्दर्भिक हुने बताइन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले स्व निधिको सम्मानमा स्थापित ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ तथा उनकी धर्मपत्नीको सम्मानमा स्थापित ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिन् ।

राष्ट्रपतिले २०७४ सालको ‘महेद्रनारायण निधि राष्ट्रिय पुरस्कार’ वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिएका डा गौरीशङ्करलाल दासलाई संयुक्त रुपमा प्रदान गरिन् । उक्त पुरस्कारको राशि रु एक लाख १ हजार रहेको छ । २०७४ सालको ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ महिला चेतना विस्तार र जागरणमा सक्रिय कुमारीलक्ष्मी राईलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले २०७५ सालको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ प्रजातान्त्रिक योद्धा तीर्थराम डङ्गोल र मानवअधिकारवादी रामनारायण देवलाई संयुक्त रुपमा प्रदान गरिन्। २०७५ सालको ‘प्रेमसागरीदेवी निधि पुरस्कार महिला जागरणका साथै सामाजिक सुधार अभियानमा संलग्न शान्ति कार्की र मानवअधिकारका लागि एकल महिलाको संरक्षण संरक्षणकी अध्यक्ष मैना कार्कीलाई प्रदान गरियो ।

सो अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आस्था र अहिंसाप्रतिको अडान नै निधिको आदर्श भएको बताए। स्व निधिको व्यक्तित्वको मौलिकता असाधारण पाएको उल्लेख गर्दै उनले स्व निधि नेताको पनि नेता थिए भनेका छन् ।

कार्यक्रममा स्व निधिका सुपुत्र एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले पुरस्कृत अतिविशिष्ट व्यक्तित्वले समाज सुधारमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे। पुरस्कार छनोट समितिका संयोजक डा बिमल कोइरालाले स्व निधिको आदर्शसँग मेल खाने र समाजमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई छनोट गरिएको बताए । पुरस्कार छनोट समितिमा डा कोइराला, प्राडा कुमार कोइराला, प्रा नवेन्द्र निधि र दुर्गा घिमिरे सहभागी थिए ।

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्व निधिका जीवनका विभिन्न पक्षमाथि अनुसन्धान गरी पुस्तकका रुपमा कृति प्रकाशन गरिने बताए । अहिंसा, शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा समुदायकाबीच सद्भावनाका अभियानकर्मी स्व निधिको सम्मानमा २०७० सालदेखि समाजमा जागरण ल्याउन भूमिका खेलेका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठान विसं २०५८ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस