२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

अ+ अ-

राँझा । नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १० र शनिबार राति नौ जना गरी १९ महिलालाई फिर्ता गरिएको हो ।’दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ’, इञ्चार्ज बस्नेतले भने, ‘कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ ।’

सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन् । उनीहरुलाई माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुनरमिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताए ।

‘विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैँमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उनीहरुलाई रोकेर परामर्श गरिरहेका छौँ’ कोइरालाले भने, ‘परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसककेका छन्, उनको परिवारसँग सम्पर्क गरी पारिवारिक पुनरमिलन गराउँदैछौँ ।’

मैत्रीपूर्ण बससेवा प्रयोग

मानव दलालले जमुनाह नाकालाई विभिन्न माध्यमबाट प्रयोग गर्ने गरेका छन् । पछिल्लो पटक सीधा बस सेवामार्फत यसलाई प्रयोग गरेको हुनसक्ने कोइरालाको भनाइ छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल, घुमघाम, औषधि उपचार लगायतका निहुँ बनाएर विगतमा नाका पार गर्ने कोसिस हुने गरेकोमा अहिले रातिको समयमा दिल्ली जाने बस प्रयोग गर्ने गरेको पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला बताउछन् ।

बुटवल, दाङ र नेपालगञ्जबाट दैनिक तीनवटा जति मैत्रीपूर्ण बस सीधा दिल्लीको लागि नेपालगञ्ज नाका हुँदै भारत प्रवेश गर्ने गर्दछन् । बुटवल, दाङ र नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि सञ्चालन हुने बसमा जाँचका क्रममा शङ्कास्पद महिला फेला पर्न थालेपछि इलाका प्रहरी कार्यालय जमुनाह, बाँके र मानव बेचबिखन विरुद्ध क्रियाशील संस्थाले सतर्कता अपनाएका छन् ।

शङ्कास्पद महिला फेला परेकाले केही दिनयता दिल्ली जाने बसमा आवश्यक जाँच र सोधपुछलाई प्राथमिकता दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज बस्नेतले जानकारी दिए । सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा माइती नेपालले जमुनाह नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई उद्धार गरी परिवारको जिम्मा लगाएको थियो ।