शिक्षक पदमा नियुक्ति दिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षक पदमा नियुक्ति दिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । शिक्षक पदमा नियुक्ति दिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक युवकसँग घुस लिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक शिक्षकमा नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।

उक्त अभियोगमा कपिलवस्तु यशोधरा गाउँपालिका–३ कृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चोवेलाई पक्राउ गरेको छ । विद्यालयले विज्ञापन गरेको अङ्ग्रेजी विषयको माध्यमिक विद्यालय तहको अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गरिदिने भन्दै चोवेलाई रु एक लाख घुस लिँदै गरेको अवस्थामा आयोगको एक टोलीले शनिबार पक्राउ गरेको हो ।

प्रवक्ता रामेश्वर दङ्गालका अनुसार आयोगले कपिलवस्तु नपा–१ को एक होटलबाट चोवेलाई शनिबार पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस