अमेरिकाको एलिजावेथमा एक नेपाली युवकको गोली हानी हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाको एलिजावेथमा एक नेपाली युवकको गोली हानी हत्या


१२ फाल्गुन २०७५, आइतबार


काठमाडौं । अमेरिकामा एक नेपाली युवकको गोली हानी हत्या गरिएको छ ।

अमेरिकाको केन्टकी राज्य स्थित एलिजावेथ टाउनमा लम्जुङका सुभाष घलेको हत्या भएको हो ।

बिहिबार भएको घटनामा हतियारधारी एक समुहले गोली चलाउँदा घलेसहित दुई जनाको मृत्यु भएको थियो । सुभाषले टी मार्ट सञ्चालन गरेका थिए ।

गोली लागेर दुई जना घाइते भएका र घाइतेहरु उपचार पछि घर फर्किइसकेका छन् ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अधिकारीहरुले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस