बम विष्फोटमा परेर गम्भीर घाइते भएका मध्ये एकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बम विष्फोटमा परेर गम्भीर घाइते भएका मध्ये एकको मृत्यु


११ फाल्गुन २०७५, शनिबार


काठमाडौं । ललितपुरस्थित एनसेलको गेट नजिक भएको बम विष्फोटमा परेर गम्भीर घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेडिसिटी अस्पतालमा उपचाररत सिंहप्रसाद गुरुङ छन्। उनको उपचारको क्रममा बिहान ज्यान गएको हो।

बिस्फोटमा परेर अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा प्रतिक्षा खड्का र आरुषा मानन्धर छन् । उनीहरुको उपचार भइरहेको छ।

शुक्रवार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेलको मुख्यालय गेटमा बम विष्फोट भएको थियो ।

त्यस्तै काठमाडौं कमलपोखरीकोे आँगन रेष्टुरेन्ट अगाडि पनि बम फेला परेको थियो । फेला पारेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको थियो।

प्रतिक्रिया दिनुहोस