नेकपाको कार्यदल भंग, सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपाको कार्यदल भंग, सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । नेकपाको सांगठनिक एकीकरणको निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ।

कार्यदलको म्यादबारे निर्णय लिन आज बसेको सचिवालयको बैठकले कार्यदल भंग गरी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको नारायणकाजी श्रेष्ठले बताए।

यसअघि कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए। तर, सचिवालयले सोका बारेमा निर्णय गर्न सकेको थिएन।

गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो।

उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस