२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला विश्वकप छनोट : नेपालले शीर्ष स्थानको युएईलाई हरायो

अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ।

नेपालले शुक्रबार भएको आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा युएईले यसअघिका तीन खेलमा लगातार जित हात पारेको थियो। हारपछि पनि युएई ६ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमै छ। नेपाल भने ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो।

शुक्रबार बैंककमा भएको खेलमा युएईले दिएको ४२ रनको झिनो लक्ष्यले नेपालले १०.३ ओभरमा ३ विकेटको नोक्सानीमा भेट्टायो।

यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् ।

काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन् । अप्सरी बेगमले खाता खोल्न सकिनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।