टी–२० महिला विश्वकप : आज नेपाल र थाइल्यान्ड भिड्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टी–२० महिला विश्वकप : आज नेपाल र थाइल्यान्ड भिड्दै


९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपाल र थाइल्यान्डबीच खेल हुँदै छ ।

नेपालले प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल थाइल्यान्डलाई पराजित गर्ने रणनीतिमा छ ।

यसअघि भएका दुबै खेलमा थाइल्यान्डले जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुबै खेलमा जित हात पारेको थाइल्यान्डको चार अंक रहेको छ । यता, नेपालले खेलेको एक खेलमा जित हात पार्दै दुई अंक बटुलेको छ भने अंक तालिकामा दोस्रो स्थानमा छ । नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस