अख्तियार अगाडी प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अख्तियार अगाडी प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ


८ फाल्गुन २०७५, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ परेका छन् । अख्तियार अगाडि धर्नामा बसेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो । ‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस