युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्छ : महामन्त्री डा. कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्छ : महामन्त्री डा. कोइराला


७ फाल्गुन २०७५, मंगलबार


कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसर पारी आज कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए ।

अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उनले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नयाँ पुस्तालाई विगतको इतिहासका बारेमा जानकारी दिँदै उनीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए ।

प्रजातन्त्र दिवसका अवसर पारेर २००७ देखि २०१७ सालसम्म पार्टीमा योगदान पुर्‍याएका प्रजातन्त्रका सेनानी ४५ जनालाई ‘हाम्रा अग्रज हाम्रो गौरव’पुरस्कारले सम्मान गरिएको हो । ४५ जना विभिन्न व्यक्तित्वलाई मरोणपरान्त सम्मान गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस