डडेलधुराबासीसँग प्रमले भने ‘विकासको जिम्मा मलाई दिनुहोस् ‘ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डडेलधुराबासीसँग प्रमले भने ‘विकासको जिम्मा मलाई दिनुहोस् ‘


७ फाल्गुन २०७५, मंगलबार


डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् ।

डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको यो केन्द्रले यस क्षेत्रमा विद्युत वितरण र व्यवस्थापन गर्ने बताएका छन् ।

‘अब डडेलधुराबासीले चिन्ता लिनु पर्दैन ,विकासको जिम्मा मेरो भयो ‘ प्रधानमन्त्री ओलीले भने’तपाईहरुको आवश्यकता के के छन् माननीयहरु मार्फत पठाउनुहोस । पुरा गर्ने जिम्मा मेरो भयो ।’

प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी निर्माण हुने बताएका छन् ।’म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ‘ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले डडेलधुरा अब पछि परिरहनु उपयुक्त नहुने बताएका छन् । ‘डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो कुरा हो ‘ प्रधानमन्त्री ओलीले भने ‘अब सिंगै सुदुरपश्चिम अगाडी बढ्छ । विकसित हुन्छ ।’

प्रधानमन्त्री ओलीले महाकाली नदीमा रहेका तुइन विस्थापन गर्न एकतर्फी रुपमा समस्या भएकोले भारतको उतराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँग छलफल गरेको जानकारी दिएका छन् । ‘अब पनि तुइनमा झुण्डिएर,टायरमा चढेर नदी तर्ने कुरा हुदैन । तुइनलाई झोलुंगे पुल,पक्की पुल र केवलकारले बिस्थापन गरिनेछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले डडेलधुराको तुफानडाँडाँबाट पर्शुराम नगरपालिका हुँदै कन्चनपुर जाने सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस