राष्ट्रपति भण्डारीद्वारा चार राजदूतलाई गोपनीयताको शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीद्वारा चार राजदूतलाई गोपनीयताको शपथ


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत, दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण गरेका हुन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस