प्रशासन समाचार प्रभाव : समायोजित अधिकृतहरूको पीडिएफ फाइल अपलोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रशासन समाचार प्रभाव : समायोजित अधिकृतहरूको पीडिएफ फाइल अपलोड


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरिएका अधिकृतस्तरका कर्मचारीको पीडिएफ फाइल अपलोड गरेको छ ।

आइतबार गरिएको निर्णयअनुसार समायोजन भएका कर्मचारीको सूची यसअघि झैँ मन्त्रालयको वेवसाईडमा पिडीएफमा नराखी समायोजन डट जीओभी डट एनपीमा सङ्केत नम्बरबाट मात्रै हेर्न सकिने गरी राखिएपछि कर्मचारीलाई कहाँ समायोजन भएको हो भन्नेबारे जानकारी लिन कठिनाइ भएको थियो ।

कुन सेवा/समूहका कति कर्मचारी समायोजित भए भन्नेबारे समेत कर्मचारीमा नै अन्यौलता आएपछि प्रशासन डटकमले यसबारे समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : झुक्क्याउँदै-छक्याउँदै समायोजन सूची सार्वजनिक, ह्याङ भएर हेर्नै समस्या

त्यसको केही घण्टा पछि मन्त्रालयले समायोजित कर्मचारीको सूची छुट्टाछुट्टै रूपमा वेवसाईडमा राखेको छ ।

मन्त्रालयले अपलोड गरेका पिडीएफ फाइल हेर्न यहाँ क्लिक गर्नुहोस् मोफागा डट जीओभी डट एनपी

र यो पनि, 

२८९० प्रशासनका शाखा अधिकृतसहित १२ हजार २७ कर्मचारीको समायोजन(सूचीसहित)

समायोजनको सूची कहाँ गयो ?

१२ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक(नामावलीसहित)

 

Tags :
प्रतिक्रिया दिनुहोस