काठमाडौँ । सरकारले विभिन्न सेवा/समूहका गरी हजारौँको सङ्ख्यामा कर्मचारी समायोजनको सूची सार्वजनिक गर्दै छ ।
केही दिनअघि नै सार्वजनिक हुने भनिएको प्रशासन सेवा/सामान्य प्रशासन समूहका शाखा अधिकृतसहित विभिन्न सेवा/समूहका उपसचिव तथा अधिकृत गरी १२ हजार २७ जना कर्मचारीको समायोजन सूची आज(आइतबार) राति सार्वजनिक गर्ने तयारी रहेको प्रशासनलाई जानकारी प्राप्त भएको छ ।
यससँगै समायोजित हुने कर्मचारीको सङ्ख्या १३ हजार ६ सय ८ हुने छ । यसअघि ५७ सचिव, ६ सय ७६ सहसचिव र नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका ८ सय ४८ जना उपसचिवको समायोजन गरिसकेको छ ।
विश्वस्त स्रोतबाट प्रशासन डटकमलाई प्राप्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गर्न तयारी अवस्थामा राखेको कर्मचारीको सूची यस्तो छ :
हेर्नुस् सूची
र यो पनि,
समायोजनको सूची कहाँ गयो ?
१२ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक(नामावलीसहित)
झुक्क्याउँदै-छक्याउँदै समायोजन सूची सार्वजनिक, ह्याङ भएर हेर्नै समस्या
प्रशासन समाचार प्रभाव : समायोजित अधिकृतहरूको पीडिएफ फाइल अपलोड