झुक्क्याउँदै-छक्याउँदै समायोजन सूची सार्वजनिक, ह्याङ भएर हेर्नै समस्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झुक्क्याउँदै-छक्याउँदै समायोजन सूची सार्वजनिक, ह्याङ भएर हेर्नै समस्या


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । सरकारको काम सरल र सहजरुपमा सेवा प्रवाह गर्ने हो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन तथा सङ्गठन विकास महाशाखाको काम भने अझ बढी कठिन बनाउनु रहेको छ, त्यो पनि आफ्नै कर्मचारीलाई ।

आज सार्वजनिक गरिएको विभिन्न सेवा/समूहका उपसचिवदेखि नायव सुब्बासम्मका कर्मचारीको समायोजन सूची यसअघि झैँ मन्त्रालयको वेवसाईडमा पिडीएफमा नराखी समायोजन डट जीओभी डट एनपीमा सिम्बोल नम्बरबाट हेर्न मिल्ने गरी अपलोड गरेपछि कठिनाइ भएको छ ।

आइतबार नै सबै तयारी पुरा भई सकेको र राति नै सार्वजनिक गर्ने बताइएपनि बिहानसम्म सूची सार्वजनिक गरिएन ।

सम्बन्धित समाचार : २८९० प्रशासनका शाखा अधिकृतसहित १२ हजार २७ कर्मचारीको समायोजन(सूचीसहित)

समायोजनको पखाईमा रहेका कर्मचारीले रात भरी हेर्दा पनि नभेटाएपछि प्रशासन डटकमले सोमबार बिहान पुनः समायोजनको सूची कहाँ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : समायोजनको सूची कहाँ गयो ?

मन्त्री–सचिवले राति नै सार्वजनिक हुनुपर्ने बताई रहँदा बिहानसम्म पनि सूची नभेटिएपछि दबाबमा परेको महाशाखाले झुक्क्याउने–छक्याउने तरिकाले समायोजन डट जीओभी डट एनपीमा सिम्बोल नम्बरबाट हेर्न मिल्ने गरी राखेको छ । जबकि यसअघि सचिव, सहसचिवदेखि उपसचिवसम्मको सूची मन्त्रालयकै वेबसाइटमा पीडिएफ बनाएर राखेको थियो । जसले कर्मचारीले सजिलै डाउनलोड गरी आफ्नो सुविधाअनुसार हेर्न सक्थे ।

यसले कुन सेवा समूहका कति कर्मचारी समायोजन भए भन्नेबारे समग्रमा जानकारी लिनसमेत कठिनाई अर्का एक कर्मचारीको भनाई छ । उनका अनुशार यदी कर्मचारीकै सजिलोका लागि हो भने पनि दुबै भर्सनमा राख्न सकिन्थ्यो ।

हेर्नुहोस् यसअघि मन्त्रालयको साइटमा प्रकाशित सूची

यसरी सिम्बोल नम्बर अनुसार हेर्न मिल्ने गरी राख्दा हजारौँ कर्मचारीले एकै पटक साइटमै गएर हेर्नुपर्ने भएपछि साइट नखुल्नेदेखि ह्याङ हुनेसम्मका समस्या निम्त्याएको छ ।

हेर्नुहोस्

‘घण्टौँ भई सक्यो खोल्न थालेको खुल्दै खुल्दैन,’ एक अधिकृतले प्रशासनलाई भने, ‘यसअघि झैँ पिडिएफ फायलमा राखेको भए डाउनलोड गरेर पनि हेर्न सकिथ्यो कि ?’

 

यसबारे समायोजन तथा सङ्गठन विकास महाशाखाका प्रमुख केदार पनेरुसँग बुझ्न खोज्दा मोबाइल स्विच अफ गरेका छन् भने सचिव दिनेश कुमार थपलियाले के भएको रहेछ भन्ने बारे बुझ्ने बताए ।

‘सफ्टवेयरको बारेमा मलाई त्यति थाहा हुँदैन,’ सचिव थपलियाले प्रशासनलाई भने, ‘के भएको रहेछ बुझेर सहज गराउन भनिहाल्छु नि हजुर !’

उसै पनि समायोजन प्रक्रियाबाट कर्मचारी आजित छन् त्यसैमाथि थप झुक्क्याउने र छक्याउने खेलले सरकारप्रतिको धारणा नै नकारात्मक बनाउतिर किन उद्यत भएका होलान् कुन्नि !

Tags :
प्रतिक्रिया दिनुहोस