२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार मात्र होइन, प्रणाली नै फेरियो : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

गाईघाट । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गणतन्त्र र संघीयता स्थापना भएसँगै सरकार मात्र फेरिएको नभएर देशको सम्पूर्ण राजनीतिक प्रणाली नै फेएिको बताएका छन् ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाविमा आज आयोजित कार्यक्रममाउनले भने,’नेपालमा अहिले पुरानो सरकार भङ्ग भएर दुई तिहाइको नयाँ सरकारमा मात्र फेरिएर आएको हैन, पूर्ण रुपमा हिजोका पुराना राजनीतिक प्रणाली हटाएर नयाँ प्रणाली स्थापना भएको छ ।’

सो अवसरमा उप्रधानमन्त्रीले उदयपुर जिल्लालाई देशको ४८औँ साक्षरता जिल्ला घोषणा यरे । उनले तीन तहको संघीयता र तीन तहको सरकार भएकाले अधिकारका विषयलाई लिएर अन्योलता देखिएको भए तापनि केन्द्रीय सरकारले नयाँ संघीय कानूनहरु निर्माण गरिरहेकाले चाँडै अन्योलता अन्त्य हुने धारणा राखे ।

उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले हिजो चुनावअघि जे–जे विषय पार्टीको घोषणापत्रमा राखियो तथा सरकार गठनपछि जे–जे गर्छु भनियो सोही अनुसार सरकार निरन्तर रुपमा अगाडि बढिरहेको दाबी गरे ।

उनले आगामी आवदेखि वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता प्रतिमहीना प्रतिव्यक्ति ५ हजारका दरले वृद्धि गर्ने र ५ वर्षभित्र नेपालमा ७५ प्रतिशत प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा पुर्‍याई शिक्षा विकासको कार्य सम्पन्न गर्नेसमेत नीतिका साथ वर्तमान सरकार अगाडि बढिरहेको धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले सुरक्षा, देशको रक्षा गर्न कटिबद्ध रहेको भन्दै आगामी ५ वर्षभित्र देशमा ५० प्रतिशत युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने अभियानमा सरकार लागिपरेको उल्लेख गरे।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले उदयपुर जिल्लालाई साक्षरता जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्दै अब जिल्लालाई सारक्षताबाट शिक्षाको विकासमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । उदयपुर क्षेत्र नं २ का संघीय सांसद सुरेशकुमार राईले समेत उदयपुर जिल्ला साक्षरता जिल्ला घोषणा भएकामा उदयपुरवासीलाई धन्यवाद दिए ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन९युनेस्को०को नियमअनुसार ९५ प्रतिशत जनता साक्षर भएपछि साक्षरता घोषणा गर्न सकिने र उदयपुर जिल्लामा अहिले ९६.३२ प्रतिशत जनता साक्षर भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस