अख्तियार आयुक्त पाठकले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियार आयुक्त पाठकले दिए राजीनामा


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं  । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।

पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए। उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।उनले बुझाएको राजीनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ।

हिजो मात्रै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच सुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने निष्कर्ष जुटेको थियो। नेकपाले पनि आजै महाभियोगको तयारी गरेको थियो। तर, पाठकले महाभियोगबाट बच्न आजै राजीनामा दिएका हुन्।

तर, यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ ।

पाठकले घुस लिएको स्वीकार गरेको भिडियो प्रधानमन्त्रीसमक्ष पुगिसकेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस