२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ भएको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ लाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानी मैत्री कानून बनाएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न के गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको बताए ।

सरकारले मुलुक समृद्धिका लागि मजबुत आधार तयार गरेको उल्लेख गर्दै उनले भने, ‘आर्थिक विकासका लागि स्पष्ट लक्ष्यका साथ हामी अघि बढेका छौँ, हाम्रो गन्तव्य भनेको समृद्ध नेपाल नै हो, विकास गरिछाड्ने सङ्कल्पमा हामी छौँ ।’

नेपालको संविधानले सबै नागरिकलाई अवसर, सुरक्षा, सम्मान र अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले एक वर्षमा संविधानअनुसारका धेरै नयाँ कानून निर्माण गरेको बताए ।

‘नेपाल अब दुई ढुङ्गाबीचको तरुल होइन, दुई ठुला बजारबीचको अवसर बोकेको सम्पन्न राष्ट्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘हामी देश र समाजलाई आधुनिक बनाउन चाहन्छौँ । सरकार सुशासन र आर्थिक विकासको महाअभियानमा जुटेको बताउँदै उनले आधुनिक र विकसित नेपाल बनाउनमा आफ्नो चिन्तन रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीको सम्बोधनपछि आयोजित समूहगत छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्यमशीलताको विकासका लागि केही विषयमा सरकारले विशेष निर्णय गर्नु आवश्यक रहेको बताउँदै नयाँ उद्यमीलाई प्रोत्साहन गर्न सेवा र सहुलियतको व्यवस्था हुनुपर्ने सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेलले उद्यमशीलताको विकासका लागि समाजको हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनु आवश्यक रहेकामा जोड दिँदै आर्थिक समृद्धिका लागि ठूलो लगानीको आवश्यकता रहेको बताए ।

संघीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले उद्योग व्यवसाय शुरु गर्दा आवश्यकपर्ने सरकारी दर्ता प्रक्रिया प्रोत्साहनभन्दा नियन्त्रणमुखी रहेको उल्लेख गर्दै यसलाई परिवर्तन गर्नुपर्ने खाँचो औँल्याए ।

संघीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले उद्यमशीलतालाई उत्प्रेरणा दिने कुरामा सरकारी संरचना परम्परावादी रहेको बताउँदै स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक डा.उपेन्द्र महतो, परिसंघका उपाध्यक्ष अनुज अग्रवाल, विशाल समूह प्रालिका अध्यक्ष डा.राजेन्द्र केसीले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उद्यमीलाई अवसर प्रदान गर्न सरकारले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। सम्मेलनमा मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस