कञ्चनपुरबाट १८ किलो सुन बरामद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कञ्चनपुरबाट १८ किलो सुन बरामद


प्रशासन विशेष ब्युरो

२ फाल्गुन २०७५, बिहिबार


सुन

कञ्चनपुर । प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुन बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पुनर्वास नगरपालिका अन्तर्गत दशरथ बस्तीस्थित भरत विकको घरबाट सुन बरामद गरेको हो ।

अधिकारीका अनुसार अलग अलग १ सय ८ वटा सुनका टुक्रा बरामद भएको छ ।

प्रहरीले सुन बरामद भएको पुष्टि गरे पनि पक्राउ परेका दुई व्यक्तिहरूबारे केही पनि खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस