प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन


२ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्ने छन् ।

संघ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुकोसहभागी हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस