लागूऔषध सहित २ जना पक्राउ  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागूऔषध सहित २ जना पक्राउ 


२९ माघ २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ बिरेन्द्र एश्वर्य मार्गस्थित स्थित न्यु कन्याम त्रिबेणी गेष्ट हाउसको पार्कीङ स्थलबाट नियन्त्रित लागूऔषध फेनारगन ९६ एम्पुल, नुर्फिन ९८ एम्पुल, डाईजेल्याप ९६ एम्पुल, नाईट्रोभेट १ हजार ४ सय ७० ट्याबलेट र मोबाइल २ थान सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहि बागमती ननगरपालिका-२ घर भएका ३० वर्षीय मानबहादुर बमजन र ललितपुर ईमाडोल बस्ने सर्लाहि बरहथवा नगरपालिका-९ स्थायी घर भएका २८ वर्षीय रामलाल साहलाई रहेका छन् ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस