बाँसबारी र टुुसाल क्लबबीचको खेल बराबरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाँसबारी र टुुसाल क्लबबीचको खेल बराबरी


२९ माघ २०७५, मंगलबार


काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगता अन्तर्गत आज भएको पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ ।

सातदोबाटोेस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बाँसबारी र टुसाल क्लबबीचको खेल दुई/दुई गोलको बराबरीमा समाप्त भएको हो । खेलमा पहिलो अग्रता भने बाँसबारीले लियो । खेलको ११औँ मिनेटमा बाँसबारीका अनुज भण्डारीले पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै बाँसबारीका अर्का खेलाडी सुजन लिम्बूले खेलको पहिलो हाफको १४औँ मिनेटमा थप एक गोल गरे । यता टुसाल क्लबका लागि खेलको पहिलो हाफको २४औँ मिनेटमा युवराज ढकालले एक गोल गरे ।

टुसालका अर्का खेलाडी मनिस सेढाईंले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल गरेपछि खेल दुई दुई गोलको बारबरीमा टुङ्गियो ।

Tags :
प्रतिक्रिया दिनुहोस