नायिका बर्षा राउत र नायक संजोग कोइरालाले गरे इंगेजमेन्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले गरे इंगेजमेन्ट


२९ माघ २०७५, मंगलबार


काठमाडौं । लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चर्चित नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् ।

यहि फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारी गरिरहेका यो जोडीले सोमबार काठमाडौंको रोयल सिङ्गी होटलमा इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा यी दुवै परिवारका सदस्यहरु उपस्थित थिए ।

संजोग र वर्षाले इन्गेजमेन्टको तस्वीर फेसबुक मार्फत सार्वजनिक गर्दै लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ,

उनिहरुले आफूहरुको संयुक्त नाम मिलाएर एउटै जुराएका छन् । दुईले संयुक्त नाम ‘सन्सा’ राखेका छन् ।

विवाह मिति सार्वजनिक भएसँगै उनीहरुलाई शुभचिन्तकको शुभकामनाको ओहिरो लागेको छ।

प्रतिक्रिया दिनुहोस