माउन्टेन आइस प्रिमियम स्ट्रङ्ग बियर बजारमा « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

माउन्टेन आइस प्रिमियम स्ट्रङ्ग बियर बजारमा


२९ माघ २०७५, मंगलबार


बियर

काठमाडौँ । जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले माउन्टेन आइस बजारमा ल्याएको छ ।

बियर पारखीहरूको स्वादको प्राथमिकताको आधारमा माउन्टेन आइसले विशिष्ट प्रिमियम स्वादको प्रिमियम स्ट्रोङ्ग बियर, बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरूमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आइस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याइएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने ।

स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरूको पहिलो रोजाईकन लागि नै ल्याएको जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीले बताए ।

राजधानी र नेपालका प्रमुख सहरहरूमा यसै महिना देखि बिक्री वितरण सुरु हुने भए पनि नेपाल भरी भने केही समयमै सुरु हुने छ ।

माउन्टेन आइस ६.५% अल्कोहल भोलुम र ६५० एम. एल. को बोतलको रु.२३० मूल्य रहेको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।

डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका विभिन्न श्रेणीका ब्रान्डहरू नेपाली बजार र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस