ललितपुरको कार्पेट गोदाममा आगलागी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुरको कार्पेट गोदाममा आगलागी


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


काठमाडौं । ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा आगलागी भएको छ।

सोमबार दिउँसो करिब १ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।

आगोले गोदाम पुरै नष्ट भएको छ।

आगलागीको कारण थाहा नभएको र क्षतिबारे विवरण लिने कार्य भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस