२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका

अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ ।

आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताए।

म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताए ।

मगर भाषा उत्थान मञ्च गठन

लोपोन्मुख अवस्थामा रहेको मगर भाषाको संरक्षण र उत्थानका लागि म्याग्दीमा मगर भाषा उत्थान मञ्च गठन गरिएको छ । जिल्लाभरि छरिएर रहेका मगर जातिलाई एकीकृत गरी आफ्नो भाषा र संस्कृतिको संरक्षण र उत्थान गर्नुका साथै नयाँपुस्तालाई भाषिक ज्ञान प्रदान गर्ने उद्देश्यले संस्था गठन गरिएको मगर भाषा उत्थान मञ्चका अध्यक्ष इन्द्रवहादुर आलेमगरले जानकारी दिए ।

मगर भाषाका शब्द र तिनको अर्थ नयाँपुस्तालाई बुझाउन, आफ्नो भाषाप्रति अपनत्वबोध गराउन, बोल्नलेख्न सक्ने गराउन र अत्यन्तै समृद्ध र रमाइलो मानिने मगर संस्कृतिको संरक्षण गर्न उत्थान मञ्चले सदुमकाम बेनीमा बृहत हिज्जे प्रतियोगिता आयोजना गरेको छ ।

आगामी फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर मञ्चले सदरमुकाम बेनीबजार मगर भाषामा बृहत हिज्जे प्रतियोगिताको आयोजना गर्ने मञ्चका सचिव विष्णुकुमारी रोका मगरले जानकारी दिइन् ।  रासस

प्रतिक्रिया दिनुहोस