तलब आएपछि… « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तलब आएपछि…


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


तलब आएपछि...

ए हजुर!
हजुर !!

मेरो नयाँ सारी कहिले किन्ने ?
साथीहरू जागिरेको परिवार भन्छन् !
तलब आएपछि !!

हेलो !
हेलो छोरा सन्चै छस् ?

ढोग गरेँ, बाँचेको छु ।
अब त जागिर नि खाइस्,
पोहोर को ऋणको ब्याजै भए नि पठाई दे !
तलब आएपछि !!

बाबा! बाबा!!
भन बाबु !

मलाई गुड्ने बाइक र उड्ने जहाज
ल्याइदिनु न !
तलब आएपछि !!

दाइ मलाई एउटा मोबाइल सेट !
तलब आएपछि !!

ए हजुर, खाना खान आउनुस् !
तलब आएपछि !
ए हैन हैन, आई हालेँ !

तलब आको दिन,
चामल र तरकारी पसलेलाई,
जम्माको २५ भाग,
घरबेटीलाई २० भाग,
चिया र भट्टी बालालाई १० भाग,
बोर्डिङ स्कुललाई १० भाग,
साथीको छिनाउन र यता उता २५ भाग,
पर्समा बाँकी १० भाग !!

तलब आएको भोलि पल्ट,
ए हजुर, सुनिस्यो त !
-भनिस्यो हजुरको हजुर !

हिजो मात्र तनखा थापिस्या हैन !!
पर्स त दुब्लो छ त,
कहिले आउँछन् हात्तीहरू यसभित्र ?
तलब आएपछि !

कहिले ?
अर्को महिना !!!

प्रतिक्रिया दिनुहोस