सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


२४ माघ २०७५, बिहिबार


काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका २ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस