बाजुराका नौ स्थानीय तहमा ३९ स्वास्थ्य संस्था « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाजुराका नौ स्थानीय तहमा ३९ स्वास्थ्य संस्था


२४ माघ २०७५, बिहिबार


बाजुरा । बाजुराका नौ स्थानीय तहमा दुई वर्षभित्र ३९ नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण हुने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लाका ६९ वडा पहिचान गरेकामा नौ स्थानीय तहका ती वडामा स्वास्थ्य संस्था निर्माण हुने भएको हो । बूढीगङ्गा र बूढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सात/सात आधारभूत स्वास्थ्य संस्था निर्माण हुने र खप्तड छेडेदह गाउँपालिका तथा स्वामिकात्र्तिक खापर गाउँपालिकामा दुई/दुई मात्र स्वास्थ्य संस्था निर्माण हुने बताइएको छ ।

सङ्घीय सरकारको लगानीमा बडिमालिका नगरपालिकाको वडा नं १, ३, ४, ५ र ९मा तथा बूढीगङ्गा नगरपालिकाको १, २, ५, ६, ७, ९ र १० वडामा र खप्तड छेडेदह गाउँपालिकाको वडा नं ३ र ६ मा पनि स्वास्थ्य संस्था बन्ने भएका छन् ।

यस्तै उत्तरपूर्वी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाको २, ३, ४, ६, ७, ८ र ९ वडामा, गौमुल गाउँपालिकाको १, ३, ४ र ६ चार वडामा तथा हिमाली गाउँपालिकाको १, ४, ६ र ७ वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् ।

जगन्नाथ गाउँपालिकाको १, ३, ५ र ६ मा, स्वामिकात्र्तिक खापर गाउँपालिकाको २ र ५ मा र त्रिवेणी नगरपालिकाको २, ३, ५ र ६ मा पनि स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । जिल्लामा एकै पटक यति ठूलो सङ्ख्यामा स्वास्थ्यका भवन निर्माणमा लगानी आएको यो पहिलो पटक हो । सहज र सुलभ स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत देशभरका ७७ वटै जिल्लाका दुई हजार ४७३ वडामा नयाँस्वास्थ्य संस्था निर्माण हुने भएकामा यो वर्ष पहिलो चरणमा एक हजार २०० वडामा र दोस्रो चरणअन्तर्गत आगामी आर्थिक वर्षमा एक हजार ३१० वटा वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस