प्रधानमन्त्री छाउनी अस्पतालमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री छाउनी अस्पतालमा


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज सो अस्पताल पुगेका छन् ।

उनले आज अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा जानकारी लिए हुन् । प्रधानमन्त्रीले उक्त अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनाका साथै अति विशिष्ट कक्ष, आकस्मिक सेवा, हेमोडाइलसिस इकाईको निरीक्षण गरेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव लगायतले अस्पतालको निरीक्षण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस