२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको श्रम सम्बन्ध एशियाकै राम्रो

अ+ अ-

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अरु देशको तुलनामा नेपालको श्रम सम्बन्ध एशियाकै राम्रो भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आज यहाँ आयोजना गरेको ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयको गोष्ठीमा उनले अरु देशको तुलनामा नेपालको श्रम सम्बन्ध राम्रो भएको बताएका हुन् । ।

सचिव दाहालले औद्योगिक सम्बन्ध राम्रो भए मात्र औद्योगिक शान्ति हुने, उत्पादकत्व वृद्धि हुने र श्रम विवाद कम हुने भएकाले श्रम सल्लाहकार समिति, न्यूनतम पारिश्रमिक निर्धारण बोर्ड, सामाजिक सुरक्षा कोषलगायतका संरचनामा ट्रेड युनियन र रोजगारदाताको त्रिपक्षीय प्रतिनिधित्व गरेको उल्लेख गरे ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विदेशबाट पठाएको रेमिट्यान्सले देश सञ्चालन गर्नेभन्दा स्वदेशमै युवालाई रोजगारी दिनेतर्फ मुलुक अगाडि बढ्नुपर्ने बताए । जापान अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अध्यक्ष हिरोयुकी नागुमोले नेपाललगायत विकासोन्मुख देशका ट्रेड युनियनको वृद्धि विकास, श्रमिक अधिकार, औद्योगिक सम्बन्ध र श्रमिकको जीवनस्तर माथि उठाउन निःशुल्क अनौपचारिक विद्यालय सञ्चालन गर्दै आएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भरतराज आचार्यले औद्योगिक सम्बन्ध असल भएमात्र उत्पादकत्व वृद्धि हुने बताए । ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवर, केन्द्रीय सदस्य बलदेव तामाङ, जिफण्टका उपाध्यक्ष विदुर कार्कीलगायतले मुलुकको अहिलेको समस्या बेरोजगारी भएकाले रोेजगार सिर्जना गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । गोष्ठी दुई दिनसम्म चल्नेछ ।