अख्तियारद्धारा सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्धारा सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँमा रहेको एक निजी विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बाहनामा सेवाग्राहीसँग पन्थीले रु एक लाख घुस मागेको अभियोग लागेको छ ।

आयोगको टोलीले सहाक रजिष्ट्रार पन्थीलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस