क्रान्तिको एउटा चरण पूरा भयो : डा. भट्टराई « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

क्रान्तिको एउटा चरण पूरा भयो : डा. भट्टराई


२३ माघ २०७५, बुधबार


रामेछाप । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताए। उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक भएको उल्लेख गरे ।

जनसंवाद अभियानअन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा भट्टराईले आज राज्यसत्ता चुनाव गर्ने र बीचका बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेकाले त्यसबाट बाहिर निस्कन पुरानो संरचना तोड्नुपर्ने बताए।

डा भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गरे।

प्रतिक्रिया दिनुहोस