फेसबुकमा भेटिए २५ रोड नक्कली खाताधारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फेसबुकमा भेटिए २५ रोड नक्कली खाताधारी


२३ माघ २०७५, बुधबार


समाजिक सञ्जाल फेसबुकमा हाल २५ करोड नक्कली खाता भेटिएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१५ को डिसेम्बरमा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १.५९ अर्ब थियो । सन् २०१८ को डिसेम्बरमा यो संख्या बढेर २ अर्ब ३२ करोड पुगेको छ भने तीमध्ये २५ करोड नक्कली खाताधारी रहेका छन् ।

फेसबुकले सन् २०१८ को आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार सो वर्षको चौथो त्रैमासिक अर्थात् अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा फेसबुकका मासिक एक्टिभ युजर्समध्ये ११ प्रतिशतको फेसबुक अकाउन्ट फेक अर्थात् डुप्लिकेट भएको पाइएको छ । सन् २०१५ मा नक्कली अकाउन्टको संख्या ५ प्रतिशत रहेको थियो ।

२ अर्बभन्दा धेरै मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक लगइन गर्दछन् । यस्ता प्रयोगकर्तालाई फेसबुकले मन्थली एक्टिभ युजर्स मान्दछ । तर, मासिक सक्रिय प्रयोगकर्ता भनिएका २ अर्ब ३२ करोड फेसबुक अकाउन्टमध्ये झण्डै २५ करोडभन्दा धेरै नक्कली खाता भएको पाइएको छ ।

फेसबुकको आन्तरिक समीक्षाबाट त्यस्ता नक्कली खाताको पहिचान गरिन्छ । फेसबुकका अनुसार विश्वमा अहिले फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको औषत संख्या १ अर्ब ५२ करोड पुगेको छ । त्यो संख्या सन् २०१७ मा १ अर्ब ४० करोड रहेको थियो ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा वृद्धि गर्नमा भारत, इण्डोनेसिया तथा फिलिपिन्सजस्ता देशको महत्वपूर्ण योगदान रहेको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस