नेविसंघका अध्यक्ष महरसहित सात पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेविसंघका अध्यक्ष महरसहित सात पक्राउ


प्रशासन संवाददाता

२२ माघ २०७५, मंगलबार


पक्राउ

काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ७ जनालाई पक्राउ गरेको छ ।

पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसंघका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका उपाध्यक्ष नवीन राई, नेविसंघ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस