२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा सामान्य सुधार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ विन्दुले बढेर २४४.०२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको सात लाख ३६ हजार ७६९ कित्ता शेयर रु २३ करोड १० लाख २२ हजार २३३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल १० उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेको छ । वित्त क्षेत्र ०.९२ र उत्पादन समूह १९.६२ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.३८, होटल १.३१, विकास बैंक ५.३, जलविद्युत् ६.८, निर्जीवन बीमा १२.४३, अन्य २.९६, लघुवित्त ६.७३ र जीवन बीमा ४.७४ विन्दुले बढेका छन् । स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५.७१, राधी विद्युत् कम्पनी ५.७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.९७, आँखु खोला जलविद्युत् कम्पनी ४.९४, चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पूर्णिमा विकास बैंकका शेयरधनीले ४ प्रतिशतले गुमाउँदा वरुण हाइड्रो पावर ३.८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २.९४, वेस्ट फाइनान्स कम्पनी २.९४, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस