२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

अ+ अ-

कञ्चनपुर । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र तत्काल शुरु गर्ने सहमतिपछि आन्दोलित बासिन्दाले सडक सञ्चालन गर्न सहमत भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इञ्जिनीयर धीरेन्द्र भट्टले भर्खरै मात्र सडक डिभिजन कार्यालयबाट सडक हेर्ने जिम्मा प्रदेश सरकारमा आएको र सो सम्बन्धी फाइल आउन ढिला हुँदा कालोपत्रको कार्य ढिलो भएको बताए । सन्तोषी–थेगिम जेभी ठेकेदार कम्पनीका प्रतिनिधि दीपक जोशीले सोमबारदेखि सडक निर्माणको काम अगाडि बढाउने बताए ।

प्रदेशसभा सदस्य खड्काले गत असोजदेखि सडक स्तरोन्नतिका काम अगाडि बढाउन ठेकेदार कम्पनीसँग सहमति भए पनि सडक डिभिजन कार्यालय केन्द्र सरकारले प्रदेश सरकार जिम्मा दिएपछि फाइल मिलान, हिसाब हेर्न र ‘स्टिमेट’ हेर्न समय लागेका कारण ढिलाइ हुन गएको बताए।

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण ठेकेदार कम्पनीले पाउनुपर्ने रु एक करोड रोकेका छौँ, उनले भने, “सडक निर्माणका लागि गिट्टी तयार गर्न लगाइसकेका छौँ । कागजी प्रक्रिया मिलाउँदै गरौँला, काम शुरु गर्न भनेका छौँ ।”पहिलो चरणमा कलुवापुरदेखि स्याली नदीसम्म र दोस्रो चरणमा स्याली नदीदेखि बेलौरीसम्म सडक निर्माण गरिने उनले जानकारी दिए ।

वर्षौँदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका बासिन्दाले सडक निर्माणकार्य एक वर्षदेखि अलपत्र परेपछि आन्दोलन थालेका हुन् । प्रदेशसभा सदस्य खड्काको पहलमा सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका बासिन्दाका प्रतिनिधिसहित मुख्यमन्त्रीलाई भेटेपछि सडक स्तरोन्नतिको कार्य अगाडि बढ्ने भएको हो । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीले वि.सं. २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । १८ करोड २० लाखमा निर्माण सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस